नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ। हाल बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रहेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ। आज (आइतबार) कोशी, लुम्बिनीप्रदेशसहित देशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना छ।
गए राति गण्डकी, बाग्मती र लुम्बिनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
