थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप सन् २०२६ को एसिया छनोटको आफ्नो दोस्रो खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ। नेपाल र बहराइनबीचको खेल तेरथाइ क्रिकेट ग्राउण्डमा बिहान पौने ९ बजेदेखि सुरु हुनेछ।
हिजो हङकङसँगको खेल वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो। नेपाल र हङकङले १-१ अंक बाँडे।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ।
नेपाल, बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ। नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ।
नेपालले बहराइनसँग हालसम्म २ पटक खेल्दा २ पटक नै जितेको छ। नेपालले बहराइनलाई एकपटक १४ रनमा तथा एकपटक ३१ रनमा अलआउट गरेको छ।
हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ। सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन्।
नेपालको टोली : इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा

