कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु ४८ जना घाइते भएका छन्। मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ।

घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना डिस्चार्ज भइसकेको छन्। निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, बी र महिला गरी तीन ब्लक छन्। ए र बी ब्लकका कैदीबीच झडप भएको हो।

उनका अनुसार टीकापुरको कर्तव्य ज्यान सम्बिन्ध एकै मुद्दाका १८ कैदी त्यहाँ छन्। उनीहरुलाई अन्यत्रै स्थान्तरणको तयारी भएको थियो। त्यसैक्रममा उनीहरु एकआपमै कुटाकुटमा उत्रिएका हुन्।

कारागार स्रोतका अनुसार कैदी स्थान्तरण गर्दा उनीहरुभित्रै नाईके र भाइ नाईके को बन्ने भन्ने विषयामा विवाद भएपछि झडपको अवस्था बनेको हो। घटनाबारे थप छानविन भइरहेको चौधरीले बताए।

यसअघि बिहीबार पनि कैदी स्थान्तरणको विषयलाई लिएर विवाद हुँदा पाँच जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *