राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइँदैछ।

वि,सं. १९२३ साल भाद्रकृष्ण औँसीका दिन जन्मिएका र वि.सं. १९५३ सालमा औँसीकै दिन ३० वर्षको उमेरमा दिवङ्गत भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा ठूलो योगदान पुर्‍याएका थिए।

शृङ्गार रसलाई सशक्त बनाएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनासाथ नेपालमा छापाखाना भित्र्याए, जसलाई नेपाली पत्रकारिताको सुरुआतको रूपमा मानिन्छ।

यस अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम आयोजना गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *