लुम्बिनी प्रदेश सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हरितालिका तीज पर्वको अवसर पारेर प्रदेश सरकारले बिदा घोषणा गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरीप्रदेश भरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा  सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।