लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। उनको काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा उपचारका क्रममा आज निधन भएको हो।
पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो। अस्पतालमा एकै पटक दुई वटा ठूलो शल्यक्रिया (मेजर अपरेसन) गरिएको थियो।
पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन्। उनी लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् ।
