नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ।
ललितपुर महानगरपालिका-२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा जेनजी युवाहरूको समूहले आगजनी गरेको हो।
आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेर नष्ट गरेका छन्।
