जेन जेड समूहले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। सुरक्षाको कडाइबीच पनि उनीहरूले संसद् भवनमा आगो लगाइदिएका हुन्।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरवारको मूल गेटमा समेत आगजनी गरेका थिए। सोमबार संसद भवन प्रवेश गर्ने क्रममा प्रहरीले गोली चलाउँदा कैयौँ विद्यार्थीको ज्यान गएको घटनापछि आन्दोलन अझ आक्रोशित बनेको हो।
देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्किएका छन् ।

