अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ। सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ। अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाका विभिन्न सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ।

हिजो र अस्ति भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायत सरकारी संरचना र नेताका घरमा तोडफोड र आगजनी गरेपछि सेनाले सुरक्षाको अगुवाइ गरेको हो। आन्दोलनका क्रममा जनधन तथा भौतिक संरचनामा भएको क्षतिसँगै गएराति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन्।

शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। साथै समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न समुदायलाई सेनाले आग्रह समेत गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *