नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार डल्लुस्थित झलनाथ निवासमा प्रदर्शनकारीले आगजनी गरिदिएपछि उनी जलेर घाइते भएकी थिइन्। प्रदर्शनकारीले घर जलाउँदा उनकी पत्नी रविलक्ष्मी मात्रै घरमा थिइन्।

अस्पताल स्रोतका अनुसार आगजनीबाट घाइते भएकी रविलक्ष्मीको स्वास्थ्य अवस्थामा मंगलबारभन्दा सुधार आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *