त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ। मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन।

विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो।

यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो ।

आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।

nagarik-uddyan-pradhikaran-notice-1757489192.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *