सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। सर्वोच्चका मुख्य रजिस्ट्रार बिमल पौडेलले सूचना निकालेर पेसीमा रहेका मुद्दाहरूको सुनुवाई सबै स्थगित गरेको जानकारी दिनुभएको छ।
हिजो भएको जेनजीका प्रदर्शनकारीहरुले आगजनी गर्दा सर्वोच्च अदालत पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सूचनामा मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले झन्डै ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएका बताउनुभएको छ।

