जेनजीकाे प्रदर्शनबाट सबैभन्दा पीडामा रहेकाे भाटभटेनीले आफ्नो सुपर स्टोरमा काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ।

भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोरहरु जलेर नष्ट भए पनि त्यहाँ काम गर्ने कर्मचारीलाई जागिरबाट ननिकाल्ने बताएका हुन्।

जेनजी प्रदर्शनकारी भाटभटेनीका विभिन्न स्टोरहरुमा आगजनी गरेर क्षति पुर्याएका थिए। भाटभटेनीमा ठूलो क्षति भए पनि कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने र दशैं भत्ता समेत दिइने भाटभटेनीका प्रमुख कार्यकारी सञ्चालक(सीईओ) पानु पौडेलले बताए।

‘भाटभटेनीका स्टोरहरु जले पनि काम गर्ने कर्मचारी कसैलाई पनि निकाल्दैनौं। उहाँहरुले निर्धक्क काम गर्न पाउनुहुन्छ,’ उनले भने, ‘दशैंलगायतका चाडपर्वमा पनि भत्ता सुविधा दिने सोचिरहेका छौं।’

उनका अनुसार, क्षति पुगेका भाटभटेनीमा काम गर्ने कामदार अन्य शाखा स्टोरहरुमा लगिनेछ। हाल भाटभटेनीका विभिन्न स्टोरहरुमा १० हजार बढी कामदार कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *