लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले प्रशासन, लेखा परीक्षण र संघीय संसद सेवाका लागि लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।
खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र गरी तीन हजार दुई सय ११ जना लिखित परीक्षामा सम्मिलित भएकोमा तीन सय तीन जना उत्तीर्ण भएका हुन्।
