मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ।

बैंकको आगामी कात्तिक १५ गते होटल पोखरा ग्राण्डमा बिहान १० बजे हुन लागेको उन्नाइसौँ वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज ३१ गते बुक क्लोज हुँदैछ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै अन्य उपयुक्त बैंकसँग मर्जर, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतीका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको सेवा, सुविधा पुनरावलोकन गर्ने लगायतका विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *