कार्तिक ११ गते मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ। मन्त्रालयका उपसचिव गणेश नायकले जारी गर्नु भएको सूचनामा मधेस प्रदेश सरकारद्वारा २०८१ साल चैत्र २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदा सम्बन्धी सूचनामा छठको अवसरमा थप एक दिन बिदा दिने कुरा उल्लेख भएको जनाइएको छ।
सङ्घ सरकारले छठ पर्वको सन्ध्याको अर्घ हुने कार्तिक १० गते सोमवारका दिन देश भरिमा नै सार्वजनिक बिदा यस अघि नै दिइसकेको छ।

