भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ।
भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरिन्। खेलको दोस्रो मिनेटमै उनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि दोस्रो हाफको ६३ औं मिनेटमा उनले फ्रिकिक मार्फत् गोल गरेकी थिइन्। भारतका लागि ८१औं मिनेटमा करिश्मा सिरभोइकरले गोल फर्काएकी थिइन्।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ। इरानले भारतलाई २-० र नेपाललाई ३-० ले पराजित गरेको थियो।
