सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ। सगरमाथा आधार शिविरनजिक लोबुचेमा अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान दुर्घटना भएको हो ।
हेलिकप्टर यात्रु लिन जाँदा अवतरण गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो। हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए। उद्धारका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु सवार थिएनन्।
‘बिहान ७:५० बजे खुम्बु पासाङल्हामु गाउँपालिका-५ लोबुचेमा दुर्घटना भएको हो। पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ। उहाँ अर्को हेलिकप्टरबाट लुक्ला फर्किसक्नुभएको छ,’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले बताउनुभयो।
