राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।
केही दिनअघि प्रमुख शाहले नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुन अन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरो कार्यालयमा पुगेर राष्ट्रिय युवा सङ्घले आज उजुरी दिएको हो।
सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरूले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उनीहरूले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने जानकारी दिए ।
