त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ। विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा शनिबार बेलुका उडान र अवतरण प्रभावित भएको थियो।
अहिले विमानस्थल खुलेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। ‘के कारणले यो समस्या आएको हो भन्ने बारे थप अध्ययन हुन्छ, त्यसपछि मात्र कारण बारे भन्न सकिन्छ,’ उनले भने ।
लाइटिङमा समस्या आउँदा आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोक्नुका साथै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको थिए त केही डाइभर्ट गरिएको थियो ।
