दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।

पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरुप रु. एक करोड १० लाख प्रदान गरिने छ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु. ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु. २५ लाख तथा चौथो हुनेले रु. १५ लाख प्राप्त गर्ने छ।

एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *