नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्ससँग काठमाण्डु गुर्खाज २९ रनले पराजित भएको छ।

किर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाण्डुले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनायो।

काठमाण्डुका आकाश त्रिपाठीले ३० बलमा एक चौका र दुई छक्काको सहयोगमा ३४ रन बनाए। त र जोन जिमसनले २४ रन बनाए। सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले समान २ विकेट तथा नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले समान १ विकेट लिए।

त्यसअघि किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनायो। सुदूरपश्चिमका हर्मीत सिंहले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए। काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिए।

मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *