{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1,"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

ललितपुर – देशमा उत्पन्न राजनीतिक, संवैधानिक र शासन व्यवस्थासम्बन्धी बहसलाई जनस्तरमा पुर्‍याउने उद्देश्यले आज ललितपुरको चापागाउँमा बृहत आमसभा आयोजना हुने भएको छ। सभामा विभिन्न क्षेत्रका नागरिक, युवा, स्थानीयवासी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि रूपमा ज्ञानेन्द्र शाही सहभागिता हुनेछन्। उनका साथसाथै हालका राजनीतिक घटना, परिवर्तनका बहस तथा नागरिक चेतनाबारे सक्रिय भूमिका खेलिरहेको युवा पुस्ताको प्रतिनिधित्व गर्दै जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले पनि सम्बोधन गर्ने तय गरिएको छ।

सभामा देशमा देखिएको संवैधानिक र राजनीतिक अन्योल, शासन प्रणालीप्रति उठाइरहेका प्रश्न, र युवा पुस्ताले अघि सारेको परिवर्तनको दिशाबारे विस्तृत प्रस्तुति तथा छलफल हुने आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रमले जनतालाई प्रत्यक्ष रूपमा सुन्ने, सुझाव–सल्लाह संकलन गर्ने तथा राजनीतिक विमर्शलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्य राखेको बताइएको छ। नागरिकले राख्ने प्रश्न र प्रतिक्रियालाई आगामी कार्यक्रम तथा नीतिगत रूपरेखामा समेटिने पनि जनाइएको छ।

यस सभाबाट राष्ट्रिय राजनीतिबारे चलिरहेको बहसमा नयाँ ऊर्जा थपिने, नागरिक सहभागिता बढ्ने तथा देशको आगामी दिशानिर्देशनबारे स्पष्ट जनमत विकास हुने अपेक्षा गरिएको छ।