आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि हालसम्म कुल ६८ राजनीतिक दल दर्ता भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमाले, नेपाली कांग्रेससहित आजसम्ममा ६८ वटा दल दर्ता भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए। प्रवक्ता भट्टराईले हाल आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या १३२ पुगेको छ। उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको बताए।
एमालेले एकातिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने अर्कोतिर निर्वाचन आयोगमा पनि दल दर्ता गराएको छ। आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।
