राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग आइतबार एकता घोषणा हुने भएको छ। दुई दलबिच पार्टी एकताका लागि आइतबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सभा राखिएको छ।

गत बुधबार बसेको विवेकशील साझाको केन्द्रीय समितिको बैठकले रास्वपासँग एकताको निर्णय गरेको थियो। विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो। विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो।

त्यस्तै, रास्वपा भने विसं २०७९ असार ७ गते स्थापना भई प्रतिनिधिसभा निर्वाचन, २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो।