त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३:३० बजे शुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी कर्णाली याक्सले एकमात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आइतबारुको खेल जित्नैपर्ने बाध्यता छ। 

करण केसीको नेतृत्वमा रहेको काठमाण्डू ६ अंकसहित तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाण्डूका लागि पनि यो खेल महत्त्वपूर्ण छ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन्। गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *