निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका राजनीतिक दलहरूलाई निर्वाचन चिह्न वितरण गरेको छ।

हाल आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दलले आगामी निर्वाचनमा सहभागिता जनाउने योजना बनाएका छन्। 

ती दलमध्ये १२ दलका पाँच समूहले संयुक्त रूपमा एकल निर्वाचन चिह्न लिएर चुनाव लड्ने भएका छन् भने १०२ दलले स्वतन्त्र रूपमा आफ्ना छुट्टाछुट्टै चुनाव चिन्ह प्रयोग गर्नेछन्।

आगामी निर्वाचनमा कुल एक सय सात फरक निर्वाचन चिन्ह प्रयोग हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *