प्रधानमन्त्री सुशीला कार्कीले नागरिकता नपाउँदा बर्दियामा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्।

प्रधानमन्त्री कार्कीले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराइन्।

बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उनका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले मर्माहित बनाएको प्रधानमन्त्री कार्कीले जनाएकी छन्। 

उनले भनेकी छिन्, ‘न्यायिक वा प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा म माफी चाहन्छु र यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु। नागरिकता लगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य होइन। न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ।’

नागरिकता लगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद् र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्न अपिलसमेत गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *