प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चुनावको तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन्।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन्। छलफल दिउँसो ४ बजे हुने बताइएको छ।
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए।
