प्रधानमन्त्री सुशीला कार्कीसँग आज (सोमबार) राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। अध्यक्ष दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।

प्रधानमन्त्री कार्यालयमा सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रियसभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न आग्रह गरेका जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *