नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन्।

बुधवार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले एमालेमाथि भइरहेको षड्यन्त्रलाई हाबी हुन नदिने गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको दाबी समेत गरे।

नेता पोखरेलले पार्टीको आन्तरिक एकता कमजोर हुँदा वाह्य शक्तिहरुले खेल्न पाउने भएकाले पनि एमालेले आन्तरिक एकतालाई जोड दिने कामलाई अघि बढाएको समेत बताए।

त्यस अवसरमा वरिष्ठ नेता पोखरेलले एमालेले आसन्न निर्वाचनको चुनावी घोषणा पत्रको तयारीको काम अन्तिम चरणमा पुर्‍याएको र त्यसमा आफूहरुले गर्नसक्ने कामको समयसीमासहित एजेण्डा समावेश गरिने समेत बताए।

नेता पोखरेलले जेनजी आन्दोलनको नाममा भएका राष्ट्रहित विपरितका गतिविधिप्रति मात्रै एमालेको आपत्ति रहेको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *