नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
आइतबार सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवम् अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ। हाल बैंकमा तिन सयजना कर्मचारी कार्यरत रहेका छन् भने आठ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ।
