आज देशका केही स्थानमा दिउँसो हावाहुरीको सम्भावना रहेको छ। प्रि–मनसुनको यो बेला दिउँसोपछि हावाहुरी तथा मेघगर्जन र चट्याङ्ग पर्ने भएकाले चनाखो हुन मौसमविद्हरुले आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउनुपर्छ।

हावाहुरी चलेको बेला घरबाहिर निस्कन हुँदैन।

झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्नुपर्छ।

यात्रा गर्दा, गाडी, मोटरसाइकल, साइकल चलाइरहेको बेला हावाहुरी चलेमा सुरक्षित ठाउँमा बस्नुपर्छ।

हावाहुरी चल्दा रुख वरपर र कमजोर भौतिक संरचना भएको ठाउँमा नबस्न पनि विज्ञले आग्रह गर्दै आएका छन्।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोपछि हुरीबतास, चट्याङ्ग र असिनासहितको वर्षा भएको थियो। हुरीबतासले केही ठाउँमा घरका छाना उडाउनुका साथै रुखहरु ढलेर जनधनको क्षति समेत भएको छ।

उदयपुरको कटारीमा हावाहुरीका कारण हिजो २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

अहिलेको सिजनमा बिहानपख मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *