कैलालीमा ट्रकले डल्लबलाई ठक्कर दिँदा दम्पतीको ज्यान गएको छ।
कैलारी गाउँपालिका वडा नम्बर ५ बजैपुरमा गएराति ट्रकले डल्लबलाई ठक्कर दिँदा डल्लबमा रहेका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरीको ज्यान गएको प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो।
ट्रक र ट्रक चालक धनगढी- ३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
