प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित भएका १ सय १० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र दिइएको छ।
निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराएको हो।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको अन्तिम परिणामसहितको प्रतिवेदन पनि आजै राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।



