राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेतामा चयन भएका छन्। आज (बिहीबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा भएको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चयन गरेको हो।

बालेनलाई दलको नेतामा चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए। सो प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको हो।

यसअघि केन्द्रीय समिति बैठकले पनि सो प्रस्ताव पारित गरेको थियो। यससँगै बालेन प्रधानमन्त्री बन्ने पक्का भएको छ। उनले शुक्रबार राष्ट्रपतिबाट शपथ लिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *