कोशी प्रदेशको मन्त्रिपरिषद् बिहीबार आयोजित बैठकमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा ६ वटा निर्णय पारित भएका छन्।
प्रदेश सरकारले प्रदेश भवन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ। साथै, आगामी आर्थिक वर्ष ०८३ का लागि सार्वजनिक बिदाको सूची पनि अनुमोदन गरिएको छ।
बैठकले वित्तीय समानीकरण अनुदान र सवारीसाधन कर बाँडफाँड सम्बन्धी निर्धारण सीमा अनुमोदन गर्ने निर्णय गरेको मन्त्रीले जानकारी दिएका छन्।
त्यस्तै, यसअघि असोज १८-१९ मा आएको बाढी-पहिरो र चैत्र १-२ को हावाहुरीबाट प्रभावित क्षेत्रका पुनर्निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि पारित भएको मन्त्रीले बताएका छन्।
