जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएकाे छ।

कुनै कसुरमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राख्नुअघि प्रहरीले स्वास्थ्य जाँच गराउने गर्छ। उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

शनिबार बिहानै ओलीलाई प्रहरीले गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। पूर्वगृहमन्त्री रमेश लेखकसमेत पक्राउ परेका छन्। उनलाई अहिले भद्रकालीमै राखिएको छ।