ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना सम्पूर्ण कार्यक्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको जनाएको छ।
वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो।
प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असर न्यूनीकरण गर्न तथा वैकल्पिक एवं वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो कदम चालिएको मन्त्रालयको भनाइ छ।
उक्त निर्णयलाई सफल बनाउन मन्त्रालयले सम्बन्धित सबै निकाय र कर्मचारीलाई निर्देशित गरिसकेको छ।
