संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई स्वीकृत दरबन्दीको एकमुष्ट विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालय अन्तर्गत संगठन विकास शाखाले गरेको पत्रानुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले स्थानीय तहसँग यस्तो विवरण माग गरिएको हो।
पत्रमा स्थानीय तह तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको स्वीकृत दरबन्दीसम्बन्धी एकमुष्ट विवरण तयार गरी मन्त्रालयले तोकेको इमेल ठेगानामा पठाउन भनिएको छ। उक्त विवरण ३ दिनभित्र उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

