सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (एनपिएल) मा कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर २ सय २६ रन बनायो। जुन यो सिजनको अहिलेसम्मकै उच्च स्कोर हो।

टोलीका लागि हेनरिख क्लासेनले ५२ रन बनाए। त्यस्तै अभिषेक शर्मा ले ४८ र ट्राभिस हेडले ४६ रन जोड्दै टोलीलाई बलियो सुरुआत दिलाए।

२ सय २७ रनको लक्ष्य पछ्याएको कोलकाताले राम्रो सुरुआत गरे पनि लगातार विकेट गुमाउँदा १६ ओभरमा १ सय ६१ रनमै अलआउट भयो। टोलीका लागि अंगकृष रघुवंशीले ५२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।

हैदराबादका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। ब्लेसिङ मुजराबानीले ४ विकेट लिए। जयदेव उनाडकटले ३ विकेट लिए।

यो जितसँगै हैदराबाद आइपिएल २०२६ मा ठूलो लक्ष्य जोगाउने पहिलो टोली बनेको छ। कोलकाता लगातार दोस्रो खेलमा हार भोगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *