गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई ३६ वर्षसम्म हत्कडी लगाइदिएको टिप्पणी गरेका छन्। सरकार बनेको एक सातामा पूर्वप्रधानमन्त्रीदेखि समाजमा धाकधम्की दिँदै रकम असुली गर्ने गुण्डा नाइकेसम्म पक्राउ परेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकहुँदै काठमाडौँका विभिन्न ठाउँमा गुण्डा गर्दि गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि गृहमन्त्री गुरुङले यस्तो टिप्पणी गरेका हुन्।

गुरुङले यसअघि सुरक्षाकर्मीलाई स्वतन्त्र ढंगले राजनीतिक दलले काम गर्न नदिएको संकेत गर्दै आइतबार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’