राष्ट्रिय सभा उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छिन् । 

संघीय संसद् सचिवालयको कार्य तालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो। 

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *