सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई पाक्षिक रूपमा तलब–भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई यो नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन पत्र पठाएको छ। यसअघि सरकारी कर्मचारीहरूको तलब–भत्ता मासिक रूपमा, महिना समाप्त भएपछि भुक्तानी गरिँदै आएको थियो।
अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालका अनुसार पाक्षिक भुक्तानी प्रणाली शुरु गर्न नयाँ व्यवस्था लागू गरिएको हो।

