नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ। काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ।

बैशाख १० गते बिहिबार बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ छ। जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ।

त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ। यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *