वैशाख १७ गतेका लागि आह्वान भएको संघीय संसद्को अधिवेशन स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज निकालेको विज्ञप्तिमा कारणवश राष्ट्रपतिले अधिवेशन स्थगित गर्नुभएको उल्लेख छ।
सरकारको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले १७ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो। तर अधिवेशन रोक्न आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो।

