राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी जारी गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ आज जारी गर्नुभएको हो।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिवार सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको थियो।

सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिले सम्म ५ वटा अध्यादेश जारी गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *