आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ। मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो।

स्रोतका अनुसार उनीहरुबिच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो।

प्रधानमन्त्री बालेन शाह दिनभर अन्य राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपश्चात् अर्थमन्त्री र रास्वपा सभापतिसँग संवादमा जुटेका हुन्। बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ।