Argentina's Alexis Mac Allister (20) scores his side's opening goal during the World Cup quarterfinal soccer match between Argentina and Switzerland in Kansas City, Mo., Saturday, July 11, 2026. (AP Photo/Ed Zurga)

फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ। रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको हो।

खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले सशक्त पुनरागमन गर्‍यो।

६७ औँ मिनेटमा डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको ७२ औँ मिनेटमा ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो।

१० खेलाडीमा सीमित भए पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको थियो।

अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले जे. लोपेजको पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन्।

अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज बनाएका थिए। खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले गोल गर्दै ३-१ को जितसहित अर्जेन्टिना सेमिफाइनल पुगेको हो।

अर्जेन्टिनाले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा इङ्ल्याण्डको सामना गर्नेछ।