नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
जावलाखेलमा रहेको हेलिअस अस्पतालमा उपचारका क्रममा आज श्रेष्ठकाे निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
नेता श्रेष्ठको शव भोलि बुधवार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ।
